Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सामान्य अंकले घटेर बन्द भयो सेयर बजार, झन्डै ६५ करोडको कारोबार

२०७४ जेष्ठ १८ गते

साताको अन्तिम दिन सेयर बजार ३.८० अंकले घटेर १६०४.३१ अंकमा कायम भएको छ । उत्पादनमूलक र जलविद्युत्बाहेक कारोबार भएका सबै समूह घटेका छन् । सबैभन्दा धेरै होटल समूह २५.३२ अंकले घटेको छ । बैंकिङ, विकास बैंक, फाइनान्स, बीमा र अन्य क्रमशः १.७५, ९.९५, ३.८, १०.४९ र ८.९६ अंकले घटेका छन् । उत्पादनमूलक र जलविद्युत् भने क्रमशः १९.१६ र ७.०४ अंकले बढेका छन् । 

दिनभरिमा १४७ वटा कम्पनीको ११ लाख ९२ हजार नौ सय ५८ कित्ता सेयर छ हजार तीन सय ३३ पटक खरिदविक्री हुँदा ६४ करोड ९१ लाख सात हजार चार सय ४६ रुपैयाँ पुँजी परिचालन भएको छ । जसमध्ये, एसियन लाइफ इन्स्योरेन्सको छ करोड २३ लाख रुपैयाँ बराबरको प्रोमोटर सेयरको कारोबार भएको छ । स्टान्डर्ड चार्टर्ड बैंकको झन्डै साढे तीन करोडको कारोबार हुँदा गुराँस लाइफ इन्स्योरेन्स, हिमालयन जनलि इन्स्योरेन्स, बैंक अफ काठमाण्डू र ग्लोबल आईएमई बैंकको दुई करोडमाथिको कारोबार हुँदा प्राइम कमर्सियल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नविल बैंक लगायतको एक करोडमाथिको कारोबार भएको छ । 

युनाइटेड मोदीका सेयरधनीले विहीबार सबैभन्दा धेरै ९.९७ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् भने कर्णाली डेभलपमेन्ट बैंक, रिलायन्स फाइनान्स र हिमालयन डिस्टीलरीका सेयरधनीले क्रमशः ८.७१, ८.०२ र ५.४७ प्रतिशतका दरले कमाएका छन् । सहारा विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, आरएसडीसी लघुवित्त, युनाइटेड फाइनान्स, जानकी फाइनान्स, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर लगायतका सेयरधनीले पनि कमाएका छन् । 

गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको श्री इन्भेष्टमेन्ट फाइनान्सका सेयरधनीले ५.०८ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाउँदा पूर्णिमा विकास बैंकका सेयरधनीले ५.०४ प्रतिशतले गुमाएका छन् । सिनर्जी फाइनान्स, सिनर्जी पावर, सिर्जना फाइनान्स, सिभिल लघुवित्त, बुटवल पावर कम्पनी, अरुण भ्याली हाइड्रो, नेरुडे लघुवित्त, मञ्जुश्री फाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।