Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

छ्याङ्दी हाइड्रोपावरको साधारण सेयर भर्ने आज अन्तिम दिन

२०७४ जेष्ठ १८ गते

छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गरिरहेको साधारण सेयर (आईपिओ) भर्ने आज अन्तिम दिन रहेको छ । आयोजना प्रभावित स्थानीयका लागि सेयर जारी गरी बाँडफँड समेत गरिसकेको कम्पनीले यसपटक सर्वसाधारण सेयरधनीका लागि पाँच लाख ४० हजार कित्ता सेयर निष्काशन गरेको हो । 

सेयर निष्काशन गर्नका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । ग्लोवल आइएमई बैंक, छ्याङ्दी हाइड्रो पावर लिमिटेड, काठमाडौं क्यापिटल, जनरल फाइनान्स, रिलायवल क्यापिटल, एनसएमसी मर्चेन्ट बैंक, क्यापिटल लिमिटेडहरु एनआई, सानिमा, भिबोर, सिभिल र आस्वा सेवा दिने बैक तथा वित्तिय संस्थाबाट उक्त सेयरका लागि आवेदन दिन सकिनेछ । 

कम्पनीले निष्काशन गरेको सेयरमध्ये १० हजार आठ सय कित्ता सेयर कर्मचारीका लागि र २७ सय कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी पाँच लाख २६ हजार पाँच सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् । कम्पनीको सेयरमा कम्तिमा ५० कित्तादेखि अधिकतम २७ सय कित्ता सम्म आवेदन गर्न पाइनेछ । 

छ्याङ्दीले जारी गर्न लागेको साधारण सेयरलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । इक्राको यो रेटिङले कम्पनीको वित्तीय आधारहरु औसतभन्दा कमजोर रहेको देखाउँछ । वि सं २०६४ साल भदौमा प्राईभेट कम्पनीको रुपमा यो जलविद्युत् कम्पनीको स्थापना भएको थियो । लमजुङको फलेनी र वन्सार गाविसको मध्य भागमा रहेको छन्दी खोलामा निर्माण सम्पन्न भएको २ मेगावाट क्षमताको जलविद्युत आयोजनाले नियमित विद्युत उत्पादन सुरु गरी केन्द्रिय प्रशारण लाइनबाट विद्युत बितरण गरिरहेको छ । उसले ४ मेगावाटको अपर छ्याङ्दी आयोजना समेत निमार्ण गर्दैछ ।