Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

कन्काई विकास बैंकले ३२ लाख कित्ता हकप्रद सेयर जारी गर्ने

२०७४ जेष्ठ १७ गते

कन्काई विकास बैंक लिमिटेडले एक बराबर २.१४ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनका लागि बैंकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको छ । 

कन्काईले एक सय रुपैयाँ अंकित मूल्यमा ३२ करोड १० लाख रुपैयाँ बराबरको ३२ लाख १० हजार कित्ता हकप्रद जारी गर्नेछ । यसका लागि बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

हाल कन्काई विकास बैंकको चुक्तापुँजी १५ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी ४७ करोड १० लाख रुपैयाँ पुग्नेछ ।