Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

देवः विकास बैंकको साढे तीन लाख भन्दा बढी कित्ता सेयर लिलामीमा आउँदै

२०७४ जेष्ठ १२ गते

देवः विकास बैंक लिमिटेडले तीन लाख ५६ हजार दुई सय ९७ कित्ता हकप्रद सेयर लिलामीमा निकाल्ने भएकोछ  । बैंकले हकप्रद निष्काशनका क्रममा नबिकेको संस्थापकतर्फको सेयरलाई जेठ २८ गतेदेखि असार १ गतेसम्म लिलामी बढाबढ  गरी विक्री गर्न लागेको हो । देवःले गत माघ ९ गतेदेखि फागुन २७ गतेसम्म हकप्रद सेयर निष्काशन खुला गरेको थियो । 

बैंकले लिलामीमा निकालेको खरिद गर्न इच्छुकले बैंकको बिक्री प्रबन्धक एनआर्इ्बिएल क्यापिटल मार्केट्स लाजिम्पाटबाट आवेदन दिन सक्नेछन् । सेयरको अंकित मूल्य एक सय रुपैयाँ भएकाले खरिदकर्ताले सोभन्दा माथिको मूल्य तोकेर बोल गर्नुपर्नेछ ।