कुमारी बैंक लिमिटेडले तीन लाख ६६ हजार पाँच सय ६२ दशमलव ६६ कित्ता हकप्रद सेयर लिलामीमा निकाल्ने भएको छ । बैंकले साधारणतर्फ दुई लाख ८० हजार चार सय ७० कित्ता र संस्थापकतर्फ ८० हजार ९२ दशमलव ६६ कित्ता हकप्रद सेयर जेठ १४ देखि २१ गतेसम्म लिलामीमा विक्री खुला गर्न लागेको हो ।
बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकको कार्यालयमा उक्त सेयर खरिदका लागि बोलकबोल गर्न पाइनेछ । बोलकबोल गर्दा प्रति कित्ता न्युनतम एक सय रुपैयाँ र १० कित्ताको गुणांमा आवेदन पेश गर्नुपर्ने हुन्छ । सबैभन्दा बढी मूल्यमा आबेदन दिनेलाई प्रथामिकता दिएर वितरण गरिने छ ।
बोलपत्रको नतिजा बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलको कार्यालयमा जेठ २२ मा ३ बजे खोलिने जनाईएको छ । लिलामी सेयर नपाउने लगानीकर्तालाई क्यापिटलले जेठ २९ गतेदेखि रकम फिता गर्नेछ ।
बैंकले गत चैत ६ देखि बैशाख १० सम्म ५० प्रतिशत अर्थात दुई बराबर एकको दरले हकप्रद बिक्रि खुला गरेकोमा विक्री नभएको सेयरलाई लिलामीमा विक्री गर्न लागेको हो ।


