Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

जनरल फाइनान्सको १७५ प्रतिशत हकप्रद पारित, मर्जर तथा एक्विजिसन गर्न बाटो खुला

२०७४ जेष्ठ १० गते

जनरल फाइनान्स लिमिटेडले एक सय ७५ प्रतिशत अर्थात एक बराबर एक दशमलव सातको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बुधबार १६ औँ, १७ औँ, १८ औँ, १९ औँ र २० औँ गरी पाँच साधारणसभा एकैपटक सम्पन्न गर्दै फाइनान्सले हकप्रद निष्काशनको निर्णय पारित गरेको छ । त्यस्तै साधारणसभाले अन्य कुनै बैंक तथा वित्तिय संस्थाहरुमा गाभ्ने/गाभिने तथा एक्विजिसन गर्ने प्रक्रिया अघि बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

संस्थागत सुशासन कायम नभएर वित्तीय संकटमा परेपछि फाइनान्सलाई नेपाल राष्ट्र बैंकले तीन बर्षअघि समस्याग्रस्त घोषणा गरेको थियो । कतार स्थित गैरआवसीय नेपालीहरुले फाइनान्स किनेर संचालन गर्ने प्रस्ताव गरेपछि राष्ट्र बैंकले फाइनान्सलाई गत मंसिर २७ गते समस्याग्रस्तको सूचीबाट हटाएको थियो । कम्पनीमा सर्वसाधारणको ४० प्रतिशत सेयर लगानी रहेको छ । 

हाल फाइनान्सको चूक्ता पूँजी २९ करोड ७५ लाख रुपैयाँ रहेको छ । १७५ प्रतिशत हकप्रद जारी गरेपछि फाइनान्सको चुक्तापुँजी ८१ करोड ८१ लाख रुपैयाँ पुग्ने छ । चालु आर्थिकको चैत मसान्त सम्ममा फाइनान्सले तीन करोड ८१ लाख रुपैयाँ रुपैयाँ निक्षेप संकलन गरि १९ करोड रुपेयाँ कर्जा प्रवाह गरेको छ ।