Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

१६२९.५२ अंकमा पुग्यो सेयर बजार, साढे ६८ करोडको कारोबार

२०७४ जेष्ठ १० गते

मंगलबार दोहोरो अंकले बढेको सेयर बजार बुधबार सामान्य ३.०१ अंकको वृद्धिसँगै १६२९.५२ अंकमा पुगेर बन्द भएको छ । होटल समूह १५.१ अंकले घटेको छ भने बाँकी सबै समूहहरु बढेका छन् । सबैभन्दा धेरै बीमा समूह २०.७३ अंकले बढेको छ । बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूक र अन्य समूह क्रमशः २.४१, ३.८६, ३.५४, १.५, ७.०७ र २.६ अंकले बढेका छन् । 

कारोबार रकम मंगलबारको तुलनामा १० करोडभन्दा बढीले घटेको छ । मंगलबार ७८ करोड ६६ लाख रुपैयाँको कारोबार भएकोम बजारमा बुधबार ६८ करोड ५० लाख १६ हजार पाँच सय ६३ रुपैयाँको कारोबार भएको छ । दिनभरिमा १४७ वटा कम्पनीको १३ लाख ५० हजार ६२ कित्ता सेयर छ हजार तीन सय ४९ पटक खरिदविक्री हुँदा सो कारोबार भएको हो । 

ललितपूर फाइनान्सको प्रोमोटर सेयरको सबैभन्दा धेरै पाँच करोड २८ लाख ५८ हजार १५ रुपैयाँको कारोबार भएको छ । सिद्धार्थ बैंकको चार करोड ८५ लाख रुपैयाँको कारोबार भएको छ भने हिमालयन जनरल इन्स्योरेन्सको पनि चार करोडमाथिको सेयर कारोबार भएको छ । त्यस्तै, स्टान्डर्ड चार्टर्ड बैंकको तीन करोड तथा नेपाल लाइफ इन्स्योरेन्स र मेरो माइक्रोफाइनान्सको दुई करोडमाथिको कारोबार भएको छ भने बोटलर्स नेपाल, प्रभु बैंक, माछापूछ्रे बैंक, नेपाल इन्स्योरेन्स लगायतको एक करोडमाथिको कारोबार भएको छ । 

आरएसडीसी घुवित्तका सेयरधनीले सबैभन्दा धेरै ९.९४ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाउँदा हिमालयन डिस्टीलरीका सेयरधनीले ९.९२ प्रतिशतका दरले कमाएका छन् । नेशनल माइक्रोफाइनान्स र सिनर्जी फाइनान्सका सेयरधनीले क्रमशः ५.८९ र ५.२९ प्रतिशतका दरले कमाएका छन् । नयाँ नेपाल लघुवित्त, ङादी ग्रुप पावर, मिर्मिरे माइक्रोफाइनान्स, शिखर इन्स्योरेन्स, एनसीसी बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् । 

गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको बरुण हाइड्रोपावरका सेयरधनीले ५.८४४२ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् भने अरुण फाइनान्स र श्री इन्भेष्टमेन्ट फाइनान्सका सेयरधनीले क्रमशः ५.७१४३ र ५ प्रतिशतका दरले गुमाएका छन् । सिनर्जी पावर, सप्तकोसी डेभलपमेन्ट बैंक, मेरो माइक्रोफाइनान्स, एनबि इन्स्योरेन्स, बोटलर्स नेपाल, लक्ष्मी भ्यालु फण्ड, प्रोग्रेसिभ फाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।