हकप्रद सेयर निष्काशनका लागि गत वैशाख ६ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले बुक क्लोजको मिति तय गरेको छ । बैंकले हकप्रद प्रयोजनका लागि जेठ १७ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । जसअनुसार, अब जेठ १६ गतेसम्म कायम सेयरधनीले मात्रै मिर्मिरेले निष्काशन गर्न लागेको हकप्रद भर्न पाउनेछन् ।
मिर्मिरे माइक्रोफाइनान्सले ५० प्रतिशत अर्थात एक बराबर शून्य दशमलव ५० को अनुपातमा हकप्र सेयर निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशनका लागि माइक्रोफाइनान्सले प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
मिर्मिरेले एक सय रुपैयाँ अंकित मूल्यमा एक करोड ५० लाख रुपैयाँ बराबरको एक लाख ५० हजार कित्ता हकप्रद जारी गर्नेछ । हाल यो माइक्रोफाइनान्सको चुक्तापुँजी तीन करोड एक सय रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरेपछि माइक्रोफाइनान्सको चुक्तापुँजी चार करोड ५० लाख रुपैयाँ पुग्नेछ ।


