ग्लोबल आईएमई क्यापिटल लिमिटेडले एक अर्ब २० करोड रुपैयाँको सामुहिक लगानी कोष विक्री गर्ने भएको छ । उक्त सामूहिक लगानी कोषको इकाई बिक्रीका लागि अनुमति माग गर्दै कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
एक अर्ब रुपैंयाको सामुहिक लगानी कोष ग्लोबल आइएमई समुुन्नति योजना १ जारी गरेको ग्लोबल आईएमई क्यापिटलले दोस्रो योजना अन्तर्गत ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को दश रुपैयाँ अंकित मूल्यमा एक करोड २० लाख कित्ता ईकाई बिक्री गर्ने भएको हो ।


