Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

साउन १५ देखि स्मार्ट टेलिकमका ग्राहकले पनि फोरजी सेवा पाउने 

admin २०७४ जेष्ठ ९ गते
सेयर:

स्मार्ट टेलिकमले पनि फोरजी सेवा सञ्चालन गर्ने अनुमति पाएको छ । नेपाल दुरसंचार  प्राधिकरणको आइतवार बसेको बोर्ड बैठकले १८०० मेगाहर्ज ब्याण्डमा प्रविधि तटस्थता बमोजिम सेवा संचालन गर्न स्वीकृति दिएको हो ।

स्मार्ट टेलिकमले नेपाल सरकार तथा प्राधिकरणलाई बुझाउनुपर्ने फ्रिक्वेन्सी दस्तुर, रोयल्टी तथा नविकरण दस्तुरलगायतका तिनुपर्ने दस्तुर बुझाईसकेपछि आगामी साउन १५ गतेदेखि प्रविधि तटस्थता बमोजिम सेवा प्रारम्भ गर्न पाउने गरी स्वीकृति पाएको बताइएको छ । कम्पनीले नेपालरभर सेवा संचालन गर्नेछ । 

स्मार्टले प्रत्येक ३ महिनामा कार्यप्रगति बिबरण प्राधिकरणमा पेश गर्नुपर्ने छ भने क्षेत्र बिस्तार तथा गुणस्तरका सम्बन्धमा प्राधिकरणले समय समयमा दिइने निर्देशन पालना गर्नुपर्नेछ ।

स्मार्टसमेत गरी हालसम्म तीन कम्पनीले फोरजी सेवा सञ्चालन गर्ने अनुमति पाएका छन् ।  यसअघि सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रको एनसेलले यस्तो सेवा संचालनको अनुमति पाइसकेका छन् । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।