Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

ज्योति विकास बैंकको हकप्रद जेठ ३१ सम्म, वैशाख १३ सम्म कायम सेयरधनीले भर्न पाउने

२०७४ जेष्ठ ६ गते

ज्योति विकास बैंक लिमिटेडले वैशाख २८ गतेदेखि शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेको छ । बैंकको हकप्रद वैशाख १३ गतेसम्म कायम सेयरधनीले जेठ ३१ गतेसम्म भर्न पाउनेछन् । 

ज्योतिले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब १० करोड ४३ लाख १७ हजार एक सय रुपैयाँ बराबरको एक करोड १० लाख ४३ हजार एक सय ७१ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद निष्कशनका लागि बैंकले सिद्धार्थ क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । सिद्धार्थ क्यापिटल लिमिटेड नक्साल र ज्योति विकास बैंकको केन्द्रिय कार्यालय र शाखा कार्यालयहरुबाट हकप्रद भर्न पाइने बताइएको छ । 

हाल ज्योति विकास बैंकको चुक्तापुँजी एक अर्ब १० करोड रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी दुई अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।