Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

स्वरोजगार लघुवित्तले ५० प्रतिशत हकप्रद जारी गर्ने

२०७४ जेष्ठ ४ गते

स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेडले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको छ । बैंकले विहीबार (चैत्र ४ गते) धितोपत्र बोर्डबाट अनुमति पाएको हो । 

स्वरोजगार लघुवित्तले एक सय रुपैयाँ अंकित मूल्यमा तीन करोड ४९ लाख ९९ हजार तीन सय ६० रुपैयाँ बराबरको तीन लाख ४९ हजार नौ सय ९३ दशमलव ६० कित्ता सेयर जारी गर्नेछ । हकप्रद निष्काशनका लागि लघुवित्तले एनएमबि क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

हाल स्वरोजगार लघुवित्तको चुक्तापुँजी छ करोड ९९ लाख ९८ हजार नौ सय रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद जारी गरेपछि लघुवित्तको चुक्तापुँजी १० करोड ४९ लाख ९८ हजार दुई सय रुपैयाँ पुग्नेछ ।