Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नागबेली लघुवित्तको २१ हजार आठ सय कित्ता संस्थापक हकप्रद सेयर लिलामीमा आउँदै

२०७४ जेष्ठ ४ गते

नागवेली लघुवित्त विकास बैंक लिमिटेडले २१ हजार आठ सय ८९ कित्ता संस्थापक हकप्रद सेयर लिलामीमा निकाल्ने भएको छ । बैंकले २०७३ मङ्सिर २० गतेदेखि माघ १० गतेसम्म निष्कासन तथा विक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको संस्थापक समूहको सेयर विद्यमान संस्थापकहरुका लागि मात्र शिलबन्दी बोलपत्र आह्वान गरेको हो । 

नागवेली लघुवित्तका विद्यमान संस्थापक सेयरधनीहरुले जेठ १९ गतेदखि २६ गतेसम्म उक्त सेयरका लागि शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अङ्कित गरी बोलकबोल गर्नुपर्ने छ । कम्पनीको सेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम सय कित्ता वा सो भन्दा १० ले भाग जाने सम्पूर्ण आवेदन दिन सक्नेछ । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।