Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेन्ट्रल फाइनान्सले ५० प्रतिशत हकप्रद जारी गर्ने

२०७४ बैशाख २४ गते

सेन्ट्रल फाइनान्स लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । फाइनान्सको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो । 

सेन्ट्रल फाइनान्स र भक्तपूर फाइनान्स एकआपसमा गाभिएर केही महिना अघि मात्रै एकीकृत कारोबार सुरु गरेको सेन्ट्रल फाइनान्सको लिमिटेडको चुक्तापुँजी ५२ करोड छ लाख ६३ हजार रुपैयाँ रहेको छ । यसको ५० प्रतिशतले हुने २६ करोड तीन लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरेपछि फाइनान्सको चुक्तापुँजी ७८ करोड रुपैयाँ नाघ्नेछ । राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी ८० करोड बोनस सेयर जारी गरेर पुर्याउने कम्पनीले जनाएको छ ।