Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

वैशाख २९ गतेसम्म कायम सेयरधनीले मात्रै सनराइज बैंकको हकप्रद भर्न पाउने

२०७४ बैशाख २४ गते

वैशाख २९ गतेसम्म कायम सेयरधनीले मात्रै सनराइज बैंक लिमिटेडले निष्काशन गर्न लागेको हकप्रद सेयर भर्न पाउने भएका छन् । बैंकले हकप्रद प्रयोजनका लागि वैशाख ३० गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको हो । जसअनुसार, वैशाख २९ गते बैंकिङ कार्यालय समयभित्र सनराइज बैंकको सेयर खरिद गरिसकेका सेयरधनीले मात्रै सनराइज बैंकले जारी गर्न लागेको हकप्रद सेयरका लागि आवेदन दिन पाउनेछन् ।

सनराइजले १० बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । हकप्रद निष्काशनका लागि बैंकले गत वैशाख १५ गते नै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेको छ । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । 

बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ६३ करोड ५९ लाख ६३ हजार छ सय रुपैयाँ बराबरको एक करोड ६३ लाख ५९ हजार छ सय ३६ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हाल सनराइजको चुक्तापुँजी पाँच अर्ब ४५ करोड ३२ लाख १५ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी सात अर्ब आठ करोड ९१ लाख ७९ हजार रुपैयाँ पुग्नेछ ।