Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

१० बराबर ६ को अनुपातमा हकप्रद जारी गर्न गुडविलले पायो स्वीकृति

२०७४ बैशाख २२ गते

गुडविल फाइनान्स लिमिटेडले १० बराबर ६ को अनुपातमा हकप्रख सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशन गर्नका लागि फाइनान्सले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । फाइनान्सले विहीबार (वैशाख २१ गते) धितोपत्र बोर्डबाट अनुमति पाएको हो । 

गुडविलले एक सय रुपैयाँ अंकित मूल्यमा २७ करोड २२ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २२ हजार पाँच सय कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशनका लागि फाइनान्सले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल मार्के लिमिटेडलाई नियुक्त गरेको छ । 

हाल गुडविल फाइनान्सको चुक्तापुँजी ४५ करोड ३७ लाख ५० हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरिसकेपछि कम्पनीको चुक्तापुँजी ७२ करोड ६० लाख रुपैयाँ पुग्नेछ ।