हाम्रो विकास बैंक लिमिटेडको हकप्रद सेयर निष्काशन जेठ ७ गतेदेखि सुरु हुने भएको छ । बैंकले दुई सय प्रतिशत अर्थात एक बराबर दुईको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । असार ११ गतेसम्म निष्काशन खुला रहने हकप्रदमा वैशाख १० गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।
गत आर्थिक वर्षको कमाईबाट २५ प्रतिशत बोनस सेयर जारी गरेर १५ करोड रुपैयाँ चुक्तापुँजी पुर्याएको बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ३० करोड ५८ लाख ३३ हजार आठ सय ७५ रुपैयाँ बराबरको ३० लाख ५८ हजार तीन सय ३८ दशमलव ७५ कित्ता हकप्रद सेयर जारी गर्नेछ । हकप्रद जारी गरेपछि हाम्रो विकास बैंकको चुक्तापुँजी ४५ करोड ८६ लाख रुपैयाँ पुग्नेछ । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईएबएिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
हकप्रद निष्काशनका लागि बैंकले गत चैत्र १७ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।


