एभरेष्ट बैंक लिमिटेडले तीन बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनका लागि बैंकले नेपाल धितोपत्र बोर्डको स्वीकृति पाएको छ । धितोपत्र बोर्डले बैंकलाई बुधबार (वैशाख २० गते) अनुमति दिएको हो ।
एभरेष्टले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ५० करोड ८८ लाख आठ हजार सात सय रुपैयाँ बराबरको एक करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रद सेयर जारी गर्नेछ । हकप्रद निष्काशनका लागि बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।
हाल एभरेष्ट बैंकको चुक्तापुँजी चार अर्ब ५२ करोड ९१ लाख रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि बैंकले चुक्तापुँजी छ अर्ब तीन करोड ७९ लाख रुपैयाँ पुग्नेछ ।


