फेवा विकास बैंक लिमिटेडले आस्वा सेवा प्रदान गरेवापत आवेदकहरुबाट प्रति आवेदन २० रुपैयाँ मात्र शुल्क लिने निर्णय गरेको छ । यस निर्णयले लगानीकर्ताहरुलाई फेवा विकास बैंक लिमिटेड मार्फत लगानी गर्न थप सुविधा हुने अपेक्षा बैंकले गरेको छ ।
नेपाल धितोपत्र बोर्डबाट धितोपत्र खरिद निर्देशिका,२०७३ बमोजिम धितोपत्र दरखास्त संकलन गर्न आस्वा (Application Supported By Blocked Amount, ASBA) प्रणालीको अनुमति प्राप्त गरी आफ्ना ग्राहकहरुलाई उक्त सेवा प्रदान गर्दै आएको छ । फेवा विकास बैंक लिमिटेडका कुनै पनि शाखा कार्यालयहरुबाट ग्राहकहरुले उक्त सेवा उपभोग गर्न सक्नेछन् । अग्रिम खाता खोली सञ्चालन गरेका ग्राहकहरुले सरल र सहज ढंगबाट उक्त सेवा लिन सक्नेछन् भने नयाँ ग्राहकहरु समेतले उक्त सेवा लिनु परेमा बैंकमा आफ्नो खाता खोली उक्त खाता मार्फत यो सेवा लिन सक्ने बैंकले जनाएको छ ।


