Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

१६६२ अंकमा पुग्यो सेयर बजार, कारोबार रकममा गिरावट

२०७४ बैशाख २० गते

बुधबार सेयर बजार ४.०५ अंकको वृद्धिसँगै १६६२.३८ अंकमा पुगेर बन्द भएको छ । विकास बैंक र उत्पादनमूलक समूह क्रमशः ४.९४ र २.०४ अंकले घटेका छन् भने बाँकी सबै उपसूचक बढेका छन् । होटल सबैभन्दा धेरै ४३.०७ अंकले बढेको छ । बैंकिङ, जलविद्युत्, फाइनान्स, बीमा र अन्य क्रमशः ४.४४, ६.५२, २.१५, १६.५४ र ४.९२ अंकले बढेका छन् ।

मंगलबारको तुलनामा कारोबार रकममा गिरावट आएको छ । दिनभरिमा १४२ वटा कम्पनीको १३ लाख सात सय ६७ कित्ता सेयर सात हजार एक सय ८६ पटक खरिदविक्री हुँदा ८९ करोड छ लाख ९६ रुपैयाँको कारोबार भएको छ । जसमध्ये, सानिमा माइ हाइड्रो र नेपाल लाइफ इन्स्योरेन्सको चार करोड तीस लाख माथिको कारोबार हुँदा लक्ष्मी बैंक, नेपाल एसबीआई बैंक र स्टान्डर्ड चार्टर्ड बैंकको क्रमशः पौने चार करोड, साढे तीन करोड र तीन करोड ४३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने एभरेष्ट बैंकको झन्डै तीन करोडको कारोबार भएको छ । प्रभु बैंक, प्राइम लाइफ इन्स्योरेन्स र नेपाल इन्भेष्टमेन्ट बैंकको दुई करोडमाथिको कारोबार भएको छ भने मुक्तिनाथ विकास बैंक लगायतको एक करोडमाथिको सेयर कारोबार भएको छ । 

सप्तकोसी डेभलपमेन्ट बैंक र भार्गव विकास बैंकका सेयरधनीले १० प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाउँदा सहारा विकास बैंक र ङादी ग्रुप पावरका सेयरधनीले क्रमशः ९.८९ र ९.२१ प्रतिशतका दरले कमाएका छन् । ग्रीन डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त, लक्ष्मी बैंक, माउन्ट मकालु डेभलपमेन्ट बैंक र तिनाउ डेभलपमेन्ट बैंकका सेयरधनीले क्रमशः ८.५९, ७.९९, ६.४२, ६.११, ५.६५ र ५.२१ प्रतिशतका दरले कमाएका छन् । 

गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको जनउत्थान सामुदायिक लघुवित्तका सेयरधनीले ५.२५ प्रतिशतका दरले आफ्नो सम्पत्ति गुमाएका छन् भने एनएमबि माइक्रोफाइनान्सका सेयरधनीले ५.०९११ प्रतिशतका दरले गुमाएका छन् । ललितपूर फाइनान्स, महिला सहयात्रा माइक्रोफाइनान्स, एभरेष्ट बैंक, पोखरा फाइनान्स, मञ्जुश्री फाइनान्स, नागबेली लघुवित्त, आईसीएफसी फाइनान्स, कैलाश विकास बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।