Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सप्तकोसीले फेरि हकप्रद जारी गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन

२०७४ बैशाख २० गते

सप्तकोसी डेभलमपेन्ट बैंक लिमिटेडले एक बराबर एक दशमलव तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले बोर्डमा वैशाख १४ गते निवेदन दिएको हो । 

सप्तकोसीले एक सय रुपैयाँ अंकित मूल्यमा २७ करोड ४३ लाख रुपैयाँ बराबरको २७ लाख ४३ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशनका लागि बैंकले एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

गत पुस २४ गतेदेखि फागुन १ गतेसम्म १० लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । हाल सप्तकोसी डेभलपमेन्ट बैंकको चुक्तापुँजी २१ करोड १० लाख रुपैयाँ रहेको छ ।