Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

एनएमबि माइक्रोफाइनान्सको ३० हजार कित्ता सेयर लिलामीमा आउँदै

२०७४ बैशाख १८ गते

एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ३० हजार आठ सय ४४ कित्ता सेयर जेठ २ गतेदेखि लिलामीमा बिक्री गर्ने भएको छ । एनएमबिले संस्थापक समूहको १५ हजार आठ सय ७० कित्ता र सर्वसाधारणतर्फको १४ हजार नौ सय ७४ कित्ता सेयर लिलामीमा बिक्री गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी मूल्य तोेकी निवेदन दिनुपर्नेछ । सेयर लिलामी जेठ २ गतेसम्म खुला रहनेछ ।

लिलामीमा आवेदकले एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन फारम बुभाउन सक्नेछन् । दुवै समूहको बोलपत्र जेठ ९ गते खोलिनेछ । जसमा संस्थापक समूहको बोलपत्र दिउसो ३.३० बजे र सर्वसाधारण समूहको सोही दिन ४ बजे एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंमा खोलिनेछ । सेयरको निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा एनएमबि क्यापिटल लिमिटेडले पाएको छ ।

एनएमबिले हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर यतिबेला लिलामीमा बिक्री गर्न लागेको हो । यसअघि यस माइक्रोफाइनान्सले मंसिर ६ देखि पुस १० गते सम्म ५ लाख ५२ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । 

हाल कम्पनीको सेयर पुँजी १० करोड ९६ लाख १५ हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ३ करोड ५२ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ८९ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ८३ पैसा छ ।