Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

छ्याङ्दी हाइड्रोपावरले पायो आईपिओ जारी गर्ने अनुमति

२०७४ बैशाख १८ गते

छ्याङ्दी हाइड्रोपावर लिमिटेडले पाँच लाख ४० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले सेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पाएको छ । धितोपत्र बोर्डले कम्पनीलाई गत वैशाख ११ गते स्वीकृति दिएको हो । छ्याङ्दीले गत फागुन १२ गते सेयर निष्काशनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।

छ्याङ्दीले आयोजना प्रभावितका लागि एक सय रुपैयाँ अंकित मूल्यमा पाँच करोड ४० लाख रुपैयाँ बराबरको सेयर जारी गर्न लागेको हो । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । 

छ्याङ्दीले जारी गर्न लागेको साधारण सेयरलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । इक्राको यो रेटिङले कम्पनीको वित्तीय आधारहरु औसतभन्दा कम रहेको देखाउँछ ।

कम्पनीले गत पुस २० गतेदेखि माघ ५ गतेसम्म दुई लाख ७० हजार कित्ता सेयर आयोजना प्रभावितका लागि जारी गरेको थियो । गत फागुन ९ गते उक्त सेयरको बाँडफाँड भएको थियो ।