Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेपाल एसबिआई बैंकको हकप्रद भर्न वैशाख २५ गतेभित्र सेयर किनिसक्नुपर्ने

२०७४ बैशाख १८ गते

नेपाल एसबिआई बैंक लिमिटेडले हकप्रद सेयर निष्काशनको लागि बूक क्लोजको मिति तोकेको छ । बैंकले हकप्रद प्रयोजनका लागि वैशाख २६ गते सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको हो । जसअनुसार, वैशाख २५ गतेसम्म कायम सेयरधनीले मात्रै नेपाल एसबीआई बैंकले निष्काशन गर्न लागेको हकप्रद सेयर भर्न पाउनेछन् । 

बैंकले ४० प्रतिशत अर्थात १० बराबर चारको अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । सेयर निष्काशनका लागि बैंकले एनएमबि क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

नेपाल एसबिआईले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ९९ करोड १९ लाख ४२ हजार तीन सय ६० रुपैयाँ बराबरको एक करोड ९९ लाख १९ हजार चार सय २३ दशमलव ६० कित्ता सेयर निष्काशन गर्नेछ ।