Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
विशेष

काठमाडौँको भृकुटीमण्डपमा बैंकिङ एक्स्पोको रौनक (फोटोफिचर)

२०७४ बैशाख १५ गते

आजदेखि काठमाडौँको भृकुटीमण्डपमा बैंकिङ एक्स्पो २०१७ सुरु भएको छ । विहान ११ बजे नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले एक्स्पोको उद्घाटन गरेका छन् । मिडिया इन्टरनेशनलको आयोजनामा नेपाल राष्ट्र बैंक, बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकर्स एशोसियसन लगायतको सहभागितामा आयोजित कार्यक्रममा विभिन्न बैंकवित्त कम्पनीहरुले सूचनामूलक स्टल संचालनमा ल्याएका छन् । ३ दिनसम्म सञ्चालन हुने उक्त एक्स्पोमा सेयरबजार र बैंकबारे विभिन्न जानकारी पाइनेछ । एक्स्पो विहान १० बजेदेखि साँझ ५ बजेसम्म खुला रहनेछ । सेयर बजारबारे जान्न चाहने र सेयरमा लगानी गर्न चाहानेका लागि कार्यक्रम थप उपयोगी हुने बताइएको छ । साथै युवा स्वरोजगार कोष, नागरिक लगानी कोष, नेपाल राष्ट्र बैंकलेसमेत सूचनामूलक स्टलहरु राख्ने कार्यक्रम संयोजक माधव निर्दोषले जानकारी दिएका छन् । एक्स्पो सुरु भएको दिनमा नै बैंक तथा सेयरबजारसम्बन्धी जानकारी लिनेको उल्लेख्य सहभागिता रहेको र अन्त्यसम्ममा यही उत्साह कायम रहने विश्वास लिइएको संयोजक निर्दोषले बताए ।

हेर्नुस्, बैंकिङ एक्स्पो २०१७ का केही झलकहरु :