Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

ललितपूर फाइनान्सले शतप्रतिशत हकप्रद जारी गर्ने, धितोपत्र बोर्डले दियो अनुमति

२०७४ बैशाख १५ गते

ललितपूर फाइनान्स लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । फाइनान्सले वैशाख ११ गते धितोपत्र बोर्डबाट अनुमति पाएको हो । 

ललितपूर फाइनान्सले एक सय रुपैयाँ अंकित मूल्यमा १८ करोड ७९ लाख ४५ हजार चार सय रुपैयाँ बराबरको १८ लाख ७९ हजार चार सय ५४ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशनका लागि फाइनान्सले ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

हाल ललितपूर फाइनान्सको चुक्तापुँजी १८ करोड ७९ लाख ४५ हजार चार सय रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद सेयर निष्काशन गरेपछि फाइनान्सको चुक्तापुँजी ३७ करोड ५८ लाख ९० हजार छ सय रुपैयाँ पुग्नेछ ।