Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सनी सेक्यूरिटिजको शाखा चितवनको शहिदचोकमा

२०७४ बैशाख १० गते

काठमाडौँको जमलमा रहेको सेयर दलाल नं. ४२ को सनी सेक्यूरिटिज कम्पनी लिमिटेडले चितवनस्थित नारायणगढको शहिदचोकमा आफ्नो पहिलो शाखा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुदघाटन नेपाल स्टक एक्सचेन्ज लि. का प्रमुख कार्यकारी अधिकृत सिताराम थपलियाले गरे । 

कार्यक्रम उदघाटनपूर्व थपलियाले लगानीकर्ताहरुसँग अन्तरक्रिया गर्दै पुँजी बजारसम्बन्धी जिज्ञासाहरुको बारेमा जानकारी समेत दिएका थिए । कार्यक्रममा हाथवे ईन्भेष्टमेण्ट नेपाल लि. का प्रवन्ध निर्देशक अम्विका प्रसाद पौडेलकोको पनि विशेष उपस्थिति रहेको थियो ।