नेपाल स्टक एक्सचेञ्जले आइतबार सेयर कारोबारको समय थप गरेको छ । नेप्सेका अनुसार कारोबार समय २५ मिनेट थप गरिएको छ । जसअनुसार आज ३ बजेर २५ मिनेटसम्म सेयर किनबेच हुनेछ । बजार खुलेकै समयमा प्राविधिक कारणले सेयर कारोबारमा अवरोध भएपछि नेप्सेले कारोबारको समय थप गरेको हो ।
स्थानीय निकायको निर्वाचन हुने पक्का भए पछि आइतबार सेयर बजारमा लगानीकर्ताको चाप बढेको छ । कारोबार खुलेको १० मिनेटमा नै पहिलो पटक सर्किट लागेर १५ मिनेट पछि कारोबार खुलेको सेयर बजारमा नेटवर्किङको समस्याका कारण पुनः ४५ मिनेटका लागि सेयर कारोबार स्थगित भएको थियो । अहिले सबै ब्रोकरहरुले सेयर कारोबार सुचारु गरेका छन् ।


