कामना विकास बैंक लिमिटेडले ३० प्रतिशत अर्थात १० बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले वैंशाख ५ गते धितोपत्र बोर्डमा निवेदन दिएको हो ।
कामनाले एक सय रुपैयाँ अंकित मूल्यमा २४ करोड १३ लाख १३ हजार सात सय ६० रुपैयाँ बराबरको २४ लाख १३ हजार एक सय ३७ दशमलव ६० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशनका लागि बैंकले एनआईबिएल क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
हाल कामना विकास बैंकको चुक्तापुँजी ६६ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्काशन गरेपछि बैंकको चुक्तापुँजी ८५ करोड ८० लाख रुपैयाँ पुग्नेछ । कामना विकास बैंक सेवा विकास बैंकसँग मर्जरमा गएर कामना सेवा विकास बैंक बन्दैछ ।


