Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

साढे २५ करोडको ट्रेजरी बिल वैशाख ४ गते

२०७३ चैत्र ३१ गते

नेपाल राष्ट्र बैंकले पाँच अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलका लागि बोलपत्र आह्वान गरेको हो । राष्ट्र बैंकले ९१ दिने अवधिको तीन करोड रुपैयाँ र १८२ दिने अवधिको दुई अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विmत्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल खरिद गर्न चाहनेले वैशाख ४ गते दिउसो ३ बजेभित्रमा बोलपत्र पेश गरिसक्नुपर्नेछ । बोलपत्र अनलाइन विडिङ सिस्टमबाट पेश गर्नुपर्नेछ । वैशाख ५ गते उक्त ट्रेजरी बिल निष्काशन गरिनेछ । ९१ दिने अवधिको ट्रेजरी बिल किन्नेले साउन ३ गते र १८२ दिने खरिद गर्नेले असोज ३१ गते सावाँ तथा व्याज रकम फिर्ता पाउनेछन् । 

राष्ट्र बैंकले यसअघि चैत्र २८ गते ६० करोड रुपैयाँको ९१ दिने अवधिको ट्रेजरी बिल जारी गरेको थियो । जसमा पाँच अर्ब पाँच करोड रुपैयाँको बोल परेको थियो ।