Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सिभिल बैंकको हकप्रदमाथि पुनरावलोकन, अब बैंकले ३० प्रतिशत हकप्रद जारी गर्ने 

२०७३ चैत्र ३१ गते

सिभिल बैंक लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने निर्णयमाथि पुनरावलोकन गर्ने भएको छ । यसअघि बैंकले २० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भनेकोमा अब ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको हो । 

कम्पनीले हाम्रा मर्चेन्ट र युनिक फाइनान्सलाई प्राप्ति गरेपछि कायम हुने चुक्तापुँजीको ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्नेछ । हाल सिभिल बैंकको चुक्तापुँजी चार अर्ब ५८ करोड रुपैयाँ रहेको छ ।