Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

रैराङ हाइड्रोपावरको सेयरलाई ग्रेड ४ रेटिङ

२०७३ चैत्र ३० गते

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले जारी गर्न लागेको साधारण सेयर (आईपिओ)ले ग्रेड ४ रेटिङ भएको छ । कम्पनीको सेयरलाई इक्रा नेपालले उक्त रेटिङ प्रदान गरेको हो । यो रेटिङले कम्पनीको अवस्था औसतभन्दा कमजोर रहेको संकेत गर्छ । 

रैराङले एक सय रुपैयाँ अंकित मूल्यमा १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता सेयर निष्काशन गर्दैछ । यो कम्पनीले पहिलो चरणमा स्थानीयका लागि पाँच करोड ६० लाख रुपैयाँ बराबरको पाँच लाख ६० हजार कित्ता सेयर निष्काशन गर्नेछ । त्यसपछि सर्वसाधारणका लागि सेयर निष्काशन गर्नेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एस क्यापिटल लिमिटेड रहेको छ ।