Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

गरिमा विकास बैंकको हकप्रद सु्रक्षित गर्ने आज अन्तिम दिन

२०७३ चैत्र २९ गते

गरिमा विकास बैंक लिमिटेडले निष्काशन गर्न लागेको १० बराबर सातको अनुपातमा हकप्रद सेयर सुरक्षित गर्ने आज (चैत्र २९ गते) अन्तिम दिन रहेको छ । बैंकले वैशाख १४ गतेदेखि जेठ १७ गतेसम्म एक सय रुपैयाँ अंकित मूल्यमा ९० करोड ७६ लाख २९ हजार छ सय ६६ रुपैयाँ बराबरको ९० लाख ७६ हजार दुई सय ९६ दशमलव ६६ कित्ता हकप्रद सेयर निष्काशन गर्दैछ । सो हकप्रद भर्नका लागि आज कार्यालय समयभित्र गरिमाको सेयर किनिसक्नुपर्नेछ । 

हकप्रद निष्काशनका लागि बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । एस क्यापिटल लिमिटेड लालदरबार, एस डेभलपमेण्ट बैंकको प्रधान कार्यालय नक्साल काठमाडौं र शाखा कार्यालयहरु, गरिमा विकास बैंकको शाखा कार्यालयहरु, महालक्ष्मी विकास बैंकको शाखा कार्यलय धनगढी, कैलाली, महेन्द्रनगर, कञ्चनपुरबाट र एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको मुख्य शाखा कार्यलय, बिर्तामोड, झापा, धरान रोड, विराटनगर र मोरङबाट हकप्रद भर्न सकिनेछ । 

चितवनको शुभेच्छा र पोखराको गरिमा विकास बैंक गाभिएर गत असोज ४ गतेदेखि एकीकृत कारोबार थालेको गरिमा विकास बैंकले गत आर्थिक वर्षको कमाईबाट २० प्रतिशत बोनस सेयर वितरण गरेर एक अर्ब २९ करोड रुपैयाँ चुक्तापुँजी पुर्याएको छ । सो पुँजीको ७० प्रतिशत हकप्रद सेयर जारी गर्दा गरिमाको चुक्तापुँजी दुई अर्ब १९ करोड रुपैयाँ पुग्नेछ । असार मसान्तसम्ममा गरिमाले दुई अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ ।