सुनसरीको इटहरीमा पनि सेयर ब्रोकर कम्पनीको शाखा खुलेको छ । इटहरीमा शाखा विस्तार गर्नका लागि चार वटा सेयर ब्रोकर कम्पनीले आवेदन दिएकोमा आइतबारदेखि ४७ नम्बर ब्रोकर निभ सेक्युरिटिजले शाखा विस्तार गरेको हो । यसअघि धरान र बिराटनगर गएर कारोबार गरिरहेका लगानीकर्ताहरु आफ्नै शहरमा सेयर दलालको कार्यालय खुलेपछि उत्साहित भएका छन् । नेपाल स्टक एक्सचेन्जले सेयर दलालहरुलाई देशका १८ शहरहरुमा शाखा खोली कारोबार गर्न निर्देशन दिएपछि दलालहरुले धमाधम शाखा स्थापना गरी कारोबार सुरु गर्दैछन् ।
