Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

दोहोरो अंकले बढ्यो नेप्से, छ कम्पनीका सेयरधनीले १० प्रतिशत कमाए

२०७३ चैत्र २८ गते

सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २४.३४ अंकले बढेर १६७५.९५ अंकमा कायम भएको बजारमा एक अर्ब ६२ करोड २३ लाख ८९ हजार एक सय २७ रुपैयाँको कारोबार भएको छ । अन्य समूहबाहेक सोमबार कारोबार भएका सबै समूह बढेका छन् । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा र उत्पादनमूलक क्रमशः १७.५५, ५८.२४, ५१.९२, ४५.४६, ५.४४, २०१.५ र ४.५७ अंकले बढेका छन् भने अन्य समूह १.७४ अंकले घटेको छ । 

दिनभरिमा १४४ वटा कम्पनीको २९ लाख ६९ हजार पाँच सय २९ कित्ता सेयर नौ हजार छ सय २१ पटक खरिदविक्री भएका छन् । कुल कारोबारमध्ये, नेपाल बैंकको १३ करोड ८१ लाख ९९ हजार चार सय ५३ रुपैयाँको कारोबार भएको छ भने गुराँस लाइफ इन्स्योरेन्सको साढे पाँच करोड तथा सानिमा बैंक, युनाइटेड इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र गरिमा विकास बैंकको चार करोडमाथिको कारोबार भएको छ । प्रभु बैंक, छिमेक लघुवित्त लगायतको पौने चार करोड भन्दा बढीको कारोबार भएको छ । 

सोमबार एनबि इन्स्योरेन्स, समिट माइक्रोफाइनान्स, एनएमबि माइक्रोफाइनान्स, रिलायबल माइक्रोफाइनान्स, कालिका माइक्रोक्रेडिट र किसान माइक्रोफाइनान्सका सेयरधनीले १० प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् भने नयाँ नेपाल लघुवित्तका सेयरधनीले ९.९९ तथा नेरुडे लघुवित्त, मिर्मिरे माइक्रोफाइनान्स, विजय लघुवित्त, आईएलएफसीओ माइक्रोफाइनान्स, महिला सहयात्रा माइक्रोफाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक र सूर्या लाइफ इन्स्योरेन्सका सेयरधनीले ९.९६ प्रतिशतका दरले कमाएका छन् । गुर्खाज फाइनान्स, नागबेली लघुवित्त र जनउत्थान सामुदायिक लघुवित्तका सेयरधनीले पनि ९ प्रतिशतभन्दा बढीले कमाएका छन् । 

माउन्ट मकालुृ डेभलपमेन्ट बैंकका सेयरधनीले सबैभन्दा धेरै ९.९३८८ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् भने सप्तकोसी डेभलपमेन्ट बैंकका सेयरधनीले ५.३५७१ प्रतिशतका दरले गुमाएका छन् । राष्ट्रिय बीमा कम्पनी, रिलायन्स फाइनान्स, गुहेश्वरी फाइनान्स, सिनर्जी फाइनान्स, सानिमा बैंक प्रोमोटर, सहयोगी विकास बैंक, पोखरा फाइनान्स, प्रोग्रेसिभ फाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।