भार्गव विकास बैंक लिमिटेडले निष्काशन गरेको शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर भर्ने आज अन्तिम दिन रहेको छ । फागुन ११ गतेसम्म कायम सेयरधनीले आज कार्यालय समयभित्रमा उक्त हकप्रदमा आवेदन दिन पाउनेछन् ।
बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता हकप्रद सेयर जारी गरेको हो । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । हकप्रद सेयर खरीदका लागि कम्पनीको सेयर र निष्काशन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौं, भार्गव विकास बैङ्क सुर्खेतरोड, नेपालगञ्ज तथा सम्पूर्ण शाखा कार्यालयहरुबाट र एनएमबि बैंक लिमिटेडको सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ ।
हाल भार्गव विकास बैंकको चुक्तापुँजी १२ करोड रुपैयाँ रहेको छ । उक्त अनुपातमा हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापूँजी २४ करोड रुपैयाँ पुग्नेछ ।


