Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सामान्य अंकले बढ्यो सेयर बजार, एक अर्ब २१ करोडको कारोबार

२०७३ चैत्र २७ गते

आइतबार सेयर बजार सामान्य ०.५६ अंकले बढेर १६५१.६० अंकमा बन्द भएको छ । होटल, बीमा र उत्पादनमूलक समूह क्रमशः १९.५३, ३७.१८ र ३८.९१ अंकले घटेका छन् भने बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स र अन्य समूह क्रमशः १.४७, ६.३२, ६.३१, ५.४८ र २.३२ अंकले बढेका छन् । 

गत साताको अन्तिम दिनको तुलनामा कारोबारमा गिरावट आएको छ । दिनभरिमा १४१ वटा कम्पनीको १९ लाख २६ हजार दुई सय ४० कित्ता सेयर आठ हजार दुई सय सात पटक खरिदविक्री हुँदा कुल एक अर्ब २१ करोड २६ लाख ५६ हजार पाँच रुपैयाँको कारोबार भएको छ । जसमध्ये, नेपाल बैंकको मात्रै १० करोड ४५ लाख ८० हजार पाँच सय ६० रुपैयाँको कारोबार भएको छ भने सूर्या लाइफ इन्स्योरेन्स र एनसीसी बैंकको पाँच करोड तथा प्रभु बैंक र एभरेष्ट बैंकको चार करोडमाथिको कारोबार भएको छ । युनाइटेड इन्स्योरेन्स, सनराइज बैंक र गरिमा विकास बैंकको तीन करोडमाथिको कारोबार भएको छ भने सानिमा बैंक, गुराँस लाइफ इन्स्योरेन्स लगायतको दुई करोडमाथिको कारोबार भएको छ । 

ग्रीन डेभलपमेन्ट बैंकका सेयरधनीले आइतबार सबैभन्दा धेरै ९.९६ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् भने गोर्खाज फाइनान्स र सृजना फाइनान्सका सेयरधनीले ९ प्रतिशत तथा कालिका माइक्रोक्रेडिट, एनबि इन्स्योरेन्स र अरुण भ्याली हाइड्रोका सेयरधनीले ६ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । स्वाबलम्बन विकास बैंक, सिन्धु विकास बैंक, प्रुडेन्सियल इन्स्योरेन्स, ङादी ग्रुप पावर लगायतका सेयरधनीले ५ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । 

गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको फस्र्ट माइक्रोफाइनान्सका सेयरधनीले ४.३२ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । रिलायन्स फाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स, नेपाल बैंक, समिट माइक्रोफाइनान्स, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, कन्काई विकास बैंक, आईएलएफसीओ माइक्रोफाइनान्स, डिप्रोक्स डेभलपमेन्ट बैंक, नयाँ नेपाल लघुवित्त लगायतका सेयरधनीले पनि गुमाएका छन् ।