कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकका सेयरधनीले ६५ प्रतिशत बोनस सेयर पाउने भएका छन् । बोनस वितरण गर्नेसम्बन्धी प्रस्ताव पारित गर्न बैंकले वैशाख २३ गतेका लागि सातौँ वार्षिक साधारणसभा डाकेको छ । साधारणसभा प्रयोजनका लागि बैंकले बैशाख ४ गतेदेखि २३ गतेसम्म सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । जसअनुसार, बैशाख ३ गतेसम्म कायम सेयरधनीले मात्रै बैंकको सातौँ साधारणसभामा भाग लिन पाउनेछन् । प्रस्तावित बोनस प्राप्त गर्नका लागि पनि बैशाख ३ गतेभित्रमा नै सेयर किनिसकेको हुनुपर्नेछ । बैंकको साधारणसभामा केही जिल्लाहरुको कार्यक्षेत्र थप गर्ने, मुख्य कार्यालय पोखरा सार्ने र अन्य प्रस्ताबहरु पनि पेश हुने सूचनामा उल्लेख छ ।
क्यापिटल मार्केट
६५ प्रतिशत बोनस पारित गर्न कालिकाले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?
२०७३ चैत्र २५ गते
