Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

१६५६.९७ अंकमा झर्यो सेयर बजार, एक अर्ब ६३ करोडको कारोबार

२०७३ चैत्र २२ गते

मंगलबार सेयर बजार ३.५५ अंकले घटेर १६५६.९७ अंकमा कायम भएको छ । होटल, फाइनान्स र बीमा समूह क्रमशः ७७.२१, २.३८ र ९.३३ अंकले बढ्दा बैंकिङ, विकास बैंक, जलविद्युत् र अन्य समूह क्रमशः ३.७८, ६.१३, ३३.०६ र ६.०७ अंकले घटेका छन् । 

परिसूचक घटेपछि कारोबार रकममा पनि गिरावट आएको छ । सोमबार अढाई अर्बको कारोबार भएको बजारमा मंगलबार एक अर्ब ६३ करोड १९ लाख ५१ हजार छ सय ९४ रुपैयाँको कारोबार भएको छ । दिनभरिमा १४४ वटा कम्पनीको २७ लाख १७ हजार आठ सय तीन कित्ता सेयर १० हजार नौ सय पटक खरिदविक्री भएका छन् । जसमध्ये, नेपाल बैंकको १० मात्रै १२ करोड ८५ लाख ३० हजार सात सय २० रुपैयाँको कारोबार भएको छ । एनसी बैंक र गुराँस लाइफ इन्स्योरेन्सको छ करोड, लुम्बिनी जेनेरल इन्स्योरेन्स, प्रभु बैंक र प्राइम लाइफ इन्स्योरेन्सको पाँच करोड र सनराइज बैंकको चार करोडमाथिको कारोबार भएको छ भने सूर्या लाइफ इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स लगायतको तीन करोडमाथिको कारोबार भएकोम छ । 

गोर्खाज फाइनान्सका सेयरधनीले मंगलबार सबैभन्दा धेरै ९.४४८८ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् भने राष्ट्रिय बीमा कम्पनीका सेयरधनीले ९ प्रतिशतले कमाएका छन् । सृजना फाइनान्स र सनराइज बैंकका सेयरधनीले ७ प्रतिशतले कमाएका छन् भने गरिमा विकास बैंक, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, प्राइम लाइफ इन्स्योरेन्स र तिनाउ डेभलपमेन्ट बैंकका सेयरधनीले ६ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । नमस्ते वित्तीय संस्था र सोल्टी होटलका सेयरधनीले ५ प्रतिशतका दरले कमाएका छन् । 

गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको युनाइटेड फाइनान्सका सेयरधनीले ७.८४ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् भने जनउत्थान साम्दायिक लघुवित्त, नयाँ नेपाल लघुवित्त र रिलायबल माइक्रोफाइनान्सका सेयरधनीले पनि ७ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । साझा विकास बैंकका सेयरधनीले ५.२६ प्रतिशतका दरले गुमाएका छन् । बरुण हाइड्रो, हाम्रो विकास बैंक, रुरल माइक्रोफाइनान्स, खानीखोला हाइड्रो, सेती फाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।