नमस्ते वित्तीय संस्था लिमिटेडले झन्डै आठ हजार कित्ता सेयर लिलामीमा निकालेको छ । संस्थाले सोमबार(चैत्र २१ गते)देखि सात हजार नौ सय ५१ कित्ता सेयर लिलामीमा विक्री खुला गरेको हो । संस्थाले हकप्रद निष्काशनको नबिकेको सेयरलाई लिलामीमा विक्री गर्न लागेको जनाएको छ ।
चैत्र २७ गतेसम्म खुला रहने लिलामीमा लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोेकी निवेदन दिनुपर्नेछ । आवेदकले एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौं तथा नमस्ते वित्तीय संस्थाको प्रधान कार्यालय घोराही दाङमा पुग्ने गरी आवेदन फारम बुभाउन सक्नेछन् ।
बोलपत्र चैत २८ गते दिउसो ४ बजे एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंमा खोलिनेछ । संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।


