Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेमा थपिए ५५ लाख ६२ हजार कित्ता सेयर

२०७३ चैत्र २० गते

आइतबार नेपाल स्टक एक्सचेञ्जमा ६६ लाख ६२ हजार छ सय ६६ कित्ता सेयर सूचिकृत भएका छन् । तीन वटा फाइनान्स र एउटा माइक्रोफाइनान्स कम्पनीले नेप्सेमा सेयर सूचिकृत गराएका हुन् ।

गोर्खा विकास बैंक र काठमाडौँ फाइनान्स गाभिएर बनेको गोरखा फाइनान्सले ५७ लाख ८६ हजार छ सय २५ कित्ता सेयर नेप्सेमा सूचिकृत गराएको छ । त्यस्तै, जानकी फाइनान्स लिमिटेडको तीन लाख १० हजार सात सय ८१ कित्ता बोनस सेयर, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको एक लाख १० हजार कित्ता बोनस सेयर र पश्चिमाञ्चल फाइनान्स कम्पनी लिमिटेडको चार लाख ५५ हजार दुई सय ६० कित्ता बोनस सेयर पनि आइतबार नै नेप्सेमा सूचिकृत भएका छन् ।