Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

काठमाडौँ जिल्ला सहकारी संघद्धारा सरसफाई कार्यक्रमको आयोजना

२०७३ चैत्र १७ गते

काठमाडौँ जिल्ला सहकारी संघ क्षेत्र नं. ८ विहीबार बिहान ७ बजे काठमाडौँको स्बयम्भुमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । ६० औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर संघले दिगो विकास लक्ष्य प्राप्तिका लागी सहकारी भन्ने मूल नाराका साथ सरसफाई गरेको हो ।

बुम रेमिटले टिसर्ट प्रायोजन गरेको उक्त कायक्रममा बिभिन्न सस्थाहरुबाट मास्क, ग्लोब्स, सरसफाइका अन्य सामाग्रीहरु समेत प्रायोजन गरेका थिए । जिल्ला सहकारी संघ लि क्षेत्र नं. ८ का अध्यक्ष कृष्ण बस्नेतको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख आतिथ्य जिल्ला सहकारी संघ लि काठमाडौँका अध्यक्ष टेक प्रसाद चौलागाईले गरेका थिए । कार्यक्रममा केन्द्रीय उपभोक्ता सहकारी संघका महासचिब सीताराम काफ्ले, काठमाडौँ जिल्ला सहकारी संघकी संचालक अमरावति मर्हजन, लेखा समिति संयोजक केशव प्रसाद पोखरेल, संचालक रमिला श्रेष्ठ, लेखा समिति संयोजक कमलराज अधिकारी, बुम रेमिट्यान्स प्रा. लि.का प्रबन्ध निर्देशक धिरेन्द« पन्त लगायतको उपस्थिती रहेको थियो । 

विहीबार नै काठमाडौँ जिल्ला सहकारी संघले सोही क्षेत्रका अपांग बालबालिकाहरुलाई खानपिनको ब्यवस्था समेत गरेको जानकारी दिएको छ ।