Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

वेष्टर्न डेभलपमेन्ट बैंकले प्रस्ताव गर्यो तीन करोड बराबरको बोनस सेयर

२०७३ चैत्र १६ गते

वेष्टर्न डेभलपमेन्ट बैंकका सेयरधनीले तीन करोड १३ लाख ९२ हजार रुपैयाँ बराबरको बोनस सेयर पाउने भएका छन् । बैंकको चैत्र १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको कमाईबाट उक्त अनुपातमा बोनस सेयर र १६ लाख ५२ हजार दुई सय १० रुपैयाँ ५३ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो ।

सञ्चालक समितिको उक्त प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् ।वेष्टर्नले हालै शतप्रतिशत हकप्रद सेयर जारी गरेर ३१ करोड रुपैयाँ चुक्तापुँजी पुर्याएको छ । बोनस सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी ४४ करोड रुपैयाँ पुग्नेछ ।