नेपाल स्टक एक्सचेन्जमा मंगलबार ४२ लाख ४३ हजार कित्ता सेयर सूचिकृत भएका छन् । जम्मा छ वटा कम्पनीले ४२ करोड ४३ लाख रुपैयाँ बराबरको बोनस सेयर र हकप्रद सेयरको सूचिकरण गराएका छन् । मंगलबार नेप्सेमा सेयर सूचिकृत गराउने कम्पनीहरुमा सबै क र ख वर्गका बैंक रहेको छ ।
नेप्सेका अनुसार मंगलबार ज्योति बिकास बैंकको ११ लाख ७२ हजार नौ सय सात कित्ता, स्ट्यान्डर्ड चार्टड बैंकको १३ लाख ७४ हजार सात सय ५३ कित्ता, गरिमा बिकास बैंकको २१ लाख ६१ हजार २३ कित्ता र कंचन डेभलपमेन्ट बैंकको चार लाख ९५ हजार कित्ता बोनस सुचिकृत भएको छ । त्यस्तै, डेभलपमेन्ट बैंकको नौ लाख ९० हजार कित्ता हकप्रद हकप्रद सेयर पनि नेप्सेमा सुचिकृत भएको छ । यसैगरी लक्ष्मी बैंकले एक्वायर गरेको प्रफेसनल दियालो बैँकको ११ लाख ९८ हजार ११ कित्ता सेयर पनि सूचिकृत भएको नेप्सेले जनाएको छ ।


