Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

लिलामीमा किन्नुस् मेगा बैंकको सेयर, २० गतेसम्म छ म्याद

२०७३ चैत्र १५ गते

मेगा बैंक नेपाल लिमिटेडले तीन लाख ८६ हजार आठ सय ८२ कित्ता सेयर लिलामीमा निकालेको छ । बैंकले २५ प्रतिशत हकप्रद निष्काशनको क्रममा नबिकेको सेयर आज (चैत १३ गते)देखि लिलामीमा निकालेको हो । बैंकले एक लाख ६८ हजार नौं सय ९२ कित्ता संस्थापक सेयर र दुई लाख १७ हजार आठ सय ९० कित्ता साधारण सेयर चैत्र २० गतेसम्मका लागि लिलामीमा राखेको छ ।

बैंकको सेयर निष्काशन तथा विक्री प्रवन्धक नबिल ईन्भेष्टमेन्ट एण्ड बैंकिंग लिमिटेड रहेको छ । ईच्छुक लगानीकर्ताले न्युनतम एक सय रुपैयाँमाथि अंकित मूल्य राखेर दश कित्ताको गुणांकमा क्यापिटलको कार्यालय नक्साल वा मेगा बैंकको केन्द्रिय कार्यालय कमलादीबाट लिलामीमा आवेदन गर्न सक्नेछन् । कम्पनीले बोलकबोल नतिजा विक्री प्रवन्धकको कार्यालय नक्सालमा चैत २१ गते ३ बजे खोल्ने जनाएको छ ।