Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

गुडविल फाइनान्सले ६० प्रतिशत हकप्रद जारी गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन

२०७३ चैत्र ९ गते

गुडविल फाइनान्स लिमिटेडले १० बराबर छ को अनुपातमा  हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै फाइनान्सले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । फाइनान्सले मंगलबार (चैत्र ८ गते) धितोपत्र बोर्डमा निवेदन दिएको हो । 

गुडविल फाइनान्सले एक सय रुपैयाँ अंकित मूल्यमा २७ करोड २२ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २२ हजार पाँच सय कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशनका लागि गुडविलले एनआईबिएल क्यापिटल मार्केट लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

गत आर्थिक वर्षको कमाईबाट २५ प्रतिशत बोनस सेयर वितरण गरेर गुडविलले ४५ करोड ३७ लाख रुपैयाँ चुक्तापुँजी पुर्याएको छ । ६० प्रतिशत हकप्रद सेयर जारी गरेपछि फाइनान्सको चुक्तापुँजी ७२ करोड ५९ लाख रुपैयाँ पुग्नेछ ।