नेपाल धितोपत्र बोर्डले सेयर ब्रोकरहरुलाई उपत्यकाबाहिर सेवा विस्तार नगर्न निर्देशन दिएको छ । बोर्डले कानुनी जटिलता सुल्झाउनु पर्ने भन्दै विस्तार योजना रोक्न ब्रोकरहरुलाई निर्देशन दिएको हो ।
बजार संचालनको जिम्मा पाएको नेप्सेले उपत्यका बाहिर जान ब्रोकरहरुलाई निर्देशन दिएको थियो । नेप्सेको निर्देशनअनुसार ब्रोकरहरु जिल्ला झरेर शाखा खोल्न पूर्वाधारमा लगानी गरिसकेका थिए । केही समयअघि, नेप्सेले यससम्बन्धी प्रगतिविवरण समेत माग गरेको थियो ।
नेप्सेबाट १८ वटा ब्रोकर कम्पनीले उपत्यकाबाहिर शाखा विस्तार गर्न इजाजत पाइसकेका छन् ।


