Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

साताभर सेयर बजारमा ९.८१ अंकको वृद्धि, पौने दुई अर्बको कारोबार

२०७३ चैत्र ४ गते

यो साताको पहिलो दुई दिन घटेको सेयर बजार अन्तिम दुई दिन बढेर बन्द भयो । गत साता १३४७.५३ अंकमा बन्द भएको बजार यो साता १३५७.३४ अंकमा पुगेको छ । जसअनुसार, यो साता सेयर बजार ९.८१ अंकले बढेको छ । गत साता सेयर बजार १८.१२ अंकले बढेको थियो । 

कारोबार रकममा पनि यो साता उतारचढाव देखिएको छ । सोमबार ३५ करोड ८५ लाख रुपैयाँको कारोबार भएको बजारमा मंगलबार ५२ करोड ८५ लाख रुपैयाँको कारोबार भयो । त्यस्तै, बुधबार ३६ करोड ८९ लाख र विहीबार ५३ करोड ७३ लाख रुपैयाँको कारोबार भयो । समग्रमा यो साता एक अर्ब ७९ करोड ३४ लाख ७२ हजार आठ सय २५ रुपैयाँ पुँजी परिचालन भएको छ । गत साता दुई अर्ब ३० करोड २० लाख २३ हजार चार सय २२ रुपैयाँको कारोबार भएको थियो । साताभरमा नेप्सेमा १ सय ५६ कम्पनीहरुको ३८ लाख ५३ हजार १ सय ६० कित्ता सेयर १२ हजार सात सय ५९ पटक खरिदविक्री भएका छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंक, नेशनल लाइफ इन्स्योरेन्स, एनसीसी बैंक, ग्लोबल आईएमई बैंक, नेपाल लाइफ इन्स्योरेन्स, लगायतको धेरै कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको ३० करोड ८५ लाख ४० हजार रुपैयाँ, नेशनल लाइफ इन्स्योरेन्सकोे १० करोड ९४ लाख २० हजार रुपैयाँ, एनसीसी बैंकको १० करोड २२ लाख १० हजार रुपैयाँ, ग्लोबल आईएमई बैंकको ८ करोड ८९ लाख २० रुपैयाँ र एसियन लाइफ इन्स्योरेन्स कम्पनीको ७ करोड ८१ लाख ५० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।