Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सप्तकोशी डेभलपमेन्ट बैंकको ९७ हजार कित्ता सेयर लिलामीमा आउँदै

२०७३ चैत्र ३ गते

हकप्रद सेयर नबिकेर लिलामीमा निकाल्ने बैंकहरुको सूचिमा सप्तकोशी डेभलपमेन्ट बैंक पनि थपिएको छ । बैंकले गत पुसमा शतप्रतिशत हकप्रद सेयर निष्काशनका क्रममा नबिकेको ९७ हजार पाँच सय २६ कित्ता सेयर लिलामीमा निकाल्न लागेको हो । बैंकले ४० हजार ८ सय २६ कित्ता सर्वसाधारण समूहको सेयर र ५६ हजार ७ सय कित्ता संस्थापक सेयर लिलामी गर्न लागेको जानकारी दिएको छ । 

लगानीकर्ताले चैत १८ गतेदेखि चैत २५ गतेसम्म लिलामी सेयर खरिद गर्न सक्ने छन् । सो लिलामीमा घटीमा १०० कित्ता सेयर आवेदन दिन पाइने छ । मुल्य पनि कम्तीमा १०० रुपैयाँ तोक्नुपर्ने छ । बैंकको सेयर निष्काशन तथा विक्रीसम्बन्धी प्रबन्ध मिलाउने कार्य एनएमबि क्यापटलले गर्नेछ । एनएमबि क्यापिटलको केन्द्रिय कार्यालय नागपोखरी र सप्तकोशी बिकास बैंकको प्रधान कार्यालय बिराटनगरबाट सेयर खरिदका लागि आवेदन दिन पाइने छ ।