Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

महाकाली विकास बैंकको एफपिओ नआउने

२०७३ चैत्र २ गते

महाकाली विकास बैंक लिमिटेडले थप नयाँ सेयर (एफपिओ) निष्काशन नगर्ने भएको छ । एफपि निष्काशन गर्ने अनुमति माग गर्दै गत मंसिर २० गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको बैंकको एफपिओ अस्वीकृत भएपछि एफपिओ निष्काशन नै रद्द गरिएको हो । 

संस्थापक र साधारण सेयरको अनुपात ५९.११:४०.८९ रहेका बैंकले सो अनुपातलाई  ५१ः४९ कायम गर्नका लागि प्रिमियम मूल्यमा दुई लाख ३६ हजार ३६७ कित्ता सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । तर, बोर्डले एफपिओ निष्काशनको अनुमति नदिएपछि अब बैंकले १३.७१ प्रतिशत संस्थापक सेयरलाई साधारणमा रुपान्तरण गर्ने निर्णय गरेको छ । बैंकले सूचना प्रकाशित गर्दै संस्थापक सेयरधनीलाई बैंकको सो निर्णयमा असमति भए ७ दिन भित्र जानकारी गराउन आग्रह समेत गरेको छ ।